ताजा समाचार

मेरो उमेर १०२ वर्ष पुगुन्जेलसम्म एमालेको नेतृत्व गर्छुः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिढ्याउने बढ्दै गए भने अझै आफूले १०२ वर्षसम्म नेतृत्व गर्नैपर्ने दाबी गरेका छन् । एक राष्ट्रिय दैनिकसँग समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै देश साँच्चै अगाडि बढाउने सोच भएको पार्टी भएको दाबी गरे । कुराकानीका क्रममा ओलीले एमालेविनाको नेपाल र केपी ओली विनाको एमाले भन्नेहरु त छँदैछन् भनेका छन् । उनी भन्छन्, ‘यसै गरेर चिढ्याउँदै बढ्दै गएभने मैले १०२ वर्षको नेतृत्व गर्नैपर्छ । न चिढ्याउने हो भने म पहिलेदेखि प्रमुख नेतृत्वबाट बाहिर निस्कन खोजिरहेको मान्छे हुँ ।’

अध्यक्ष ओलीले ७० वर्षे उमेर हदको प्रसंग निकाल्दै भने, ‘कसैलाई एमालेमा केपी ओलीको नेतृत्व नभए हामीलाई सजिलो हुन्थ्यो भन्ने लागिरहेको भए त्यो अलग कुरा हो, त्यो ७० वर्ष मैले नै ल्याएको हो । अनि हटाएको पनि मैले नै हो । त्यो कुन परिस्थितिमा कसरी हट्यो भन्ने पनि थाह छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org