ताजा समाचार

महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो : आरजु राणा

काठमाडाैँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको बताएकी छन् ।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आरजुले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्ने ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको बताएइन् ।

उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ । त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो । कार्यक्रम धेरै गर्ने अनि त्यसकाे रिजल्टचाहीँ के त ? योभन्दा दुईतीनवटा उपलब्धिमुलक कार्यक्रम गरौँ र त्यो परिणाममुखी बनाऔँ ।’

उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्ने समेत बताएकी छन् । थपिन्, ’हामी सुशासनका लागि कति तयार छौँ । म प्रधानमन्त्रीको धर्मपत्नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरू हुने र उहाँहरूको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ ।’

उनले पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरू कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने बताएकी छन् । ‘प्रशिक्षण सञ्चालन गर्नुपर्छ । प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ,’ उनले भनिन् । उनले महिलाहरूका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्नेसमेत बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org