ताजा समाचार

सरकारले मुलुकलाई लुटतन्त्रमा परिणत गर्ने काम गरिरहेको छः ईश्वर पोखरेल

काठमाडौँ। नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् ।

४५ औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौँ जिल्ला कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको समाज रूपान्तरणमा पुष्पलालको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा पोखरेलले सुन तस्करीमा भन्सार, अध्यागमनका प्रमुखहरू सेटिङमा चलेको देखिएको र भरियालाई मात्रै पक्राउ गरिएकाले सरकार जवाफदेही भएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

मुलुकमा सरकार रहे पनि आर्थिक विकास र समृद्धिमा अवरोध गर्ने, मुलुकलाई लुटतन्त्रमा परिणत काम गरिरहेको उनले आरोप लगाए । पोखरेलले एमाले सरकारले सुरु गरिएका विकासका आयोजनाहरूलाई वर्तमान सरकारले अघि बढाउन नसकेको बताए । उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org