ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार दुई नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा सो भेटमा छलफल भएको बताइएको छ ।

“पहिले नै प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्नुपर्ने थियो, छलफल भएको थिएन । आज त्यस विषयमा छलफल गर्न अध्यक्ष बालुवाटार जानुभएको हो,” ओलीको सचिवालयले भन्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org