ताजा समाचार

बोल्न नपाएको उपसभामुखको गुनासो

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन् । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्,‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधिसभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर ।’

उनले आफू जनजातिकै छोरी भएका कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले अहिले प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् ।

रानाले भनिन्, ‘संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि ? यो मेरो प्रश्न छ । सुशासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो कि कुशासन हो ? मैले बुझ्न सकेको छैन । कि मैले नबुझेको हो कि ।’

उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org