ताजा समाचार

एमालेको अवरोधपछि संसद् बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक स्थगन भएको हो । बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले आजका कार्यसूचीमा भएका सबै विषय हटाउँदै शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए । आजको बैठक नौ मिनेट मात्र चल्यो ।
बुधबारको बैठकमा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेहो हो ।
एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैठकको सुरुआतमै समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । उनी बोल्दा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपश्चात् एमालेले वेल घेराउ गर्दै नाराबाजी गर्यो ।

यता, मंगलबारको बैठकमा यो घटनामा सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । तर, एमालेले जवाफमा समिति गठनको विषय नआएको भन्दै बैठक चल्न नदिने बताइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org