ताजा समाचार

अख्तियार प्रमुख राई र अमेरिकाका एन्टीकरप्सन संयोजक रिचार्डबीच भ्रष्टाचार नियन्त्रण सहकार्य सम्बन्धमा छलफल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र युएस डिपार्टमेन्ट अफ स्टेट अन ग्लोबल एन्टी कसप्सन संयोजक रिचार्ड नफ्यु बिच भेटवार्ता भएको छ ।

बिहीबार टंगालस्थित आयोगको कार्यालय भेटवार्ता भएको अख्तियार प्रवक्ता (सहसचिव) भोला दाहालले बताए । भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अभियानमा अमेरिका र नेपालबिच हुनसक्ने सहकार्यको बारेमा छलफल भएको छ ।

भ्रष्टाचार सम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको सह-सचिव दाहालले जानकारी दिए । अख्तियार प्रमुख राईले आयोगको बारेमा जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org