ताजा समाचार

राष्ट्रियसभाको आजको बैठकका लागि पाँचवटा सम्भावित कार्यसूची, बैठक अवरुद्ध हुनसक्ने

काठमाडौँ। एमालेको अवरोधका कारण लगातार प्रभावित हुँदै आएको राष्ट्रियसभा बैठक शुक्रबार पुनः बस्ने तय भएको छ। बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र अन्तर्गत विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभारसम्बन्धी पत्र अध्यक्षले बाचन गरेर सदनलाई जानकारी गराउनेछन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि अध्यक्षले जानकारी गराउनेछन् भने बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी विषय बैठकमा पेश हुनेछ । यद्यपि एमालेले सुन प्रकरणमा आयोग बनाउन माग राख्दै आएकाले सहमति नभएमा बैठक अवरुद्ध हुनसक्ने पनि देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org