ताजा समाचार

गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति देउवा असन्तुष्ट, देउवालाई भेट्न गृहमन्त्री धुम्बाराही पुगे

काठमाडौं । सत्तागठबन्धन प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् । देउवा निवास धुम्बाराहीमा शुक्रबार साँझ साढे ६ बजेतिर पुगेका श्रेष्ठ करिब पौने घण्टा बसेका थिए । पछिल्लो समय सामान्य केसमा कांग्रेसका नेतालाई पक्राउ गरेर गृहमन्त्रीले प्रतिशोध साँधेको भनी आजको संसदीय दल बैठकमा कांग्रेस सांसदले कुरा उठाएका थिए ।

गृहमन्त्री श्रेष्ठको कार्यशैलीलाई लिएर देउवासमेत असन्तुष्टि रहेको बुझेपछि र संसदीय दलमा आफ्नो तीव्र आलोचना भएको थाहा पाएपछि श्रेष्ठ देउवा भेट्न पुगेको बताइएको छ । हिजोमात्र पक्राउ परेका सांसद सुनिल शर्माको विषयमा नेतृ्त्वलाई ध्यानाकर्षण गराउँदै संसद चलिरहेको बेला प्रतिशोध साँध्ने गरी पक्राउ गरिएकोले गृहमन्त्रीले सदन र सार्वजनिकरूपमा जवाफ दिनुपर्ने बताएका छन् ।

सभापति देउवापत्नीसमेत रहेकी नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलाप विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्धत भएको आरोप लगाएकी थिइन् । उनले यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको भन्दै बैठकमा ध्यानाकर्षण गराएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org