ताजा समाचार

मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी,जनमत पार्टी सरकारमा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org