ताजा समाचार

गृहमन्त्रीले संसदको रोष्ट्रमबाट राजीनामा घोषणा गर्नुपर्छ, माग पूरा नभएसम्म अवरोध हट्दैनः एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने अडान दोहोर्‍याएको छ । एमालेले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर संसदको अवरोध कायमै रहने अडान दोहोर्‍याएको हो । पत्रकार सम्मेलनमा प्रस विज्ञप्ति वाचन गर्दै एमाले नेता राजेन्द्र गौतमले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म एमाले पछि नहट्ने बताए । सरकारका उच्च स्तरीय छानबिन समिति गठन नगरेकाले संसदमा गतिरोध उत्पन्न भएको गौतमले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पत्रकारहरुबाट सोधिएका प्रश्नको जवाफ दिएका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताए । उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने पनि जनाए । राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो भएको उनको भनाइ छ ।

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत अध्यक्ष ओलीले लगाए । ओलीले भने, ‘गृहमन्त्रीले त खासमा राजीनामा गर्नबाहेक त्यहाँ (रोष्ट्रममा) जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?’ केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए । त्यसको जवाफ ओलीले दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org