ताजा समाचार

उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागलाई उपेक्षा गर्नु नै संसद अवरोधको कारणः शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागलाई उपेक्षा गर्नु नै संसद अवरोधको कारण भएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राज्यको मथिल्लो निकायको संलग्नताविना यति ठुलो परिमाणमा सुनतस्करी हुनसक्तैन भन्ने कुरा जो कोहीले पनि वुझ्न सक्ने कुरा भन्ने जनाएका छन् ।

महासचिव पोखरेलले राजश्व प्रशासन र सुरक्षा निकायको स्ष्ट कमजोरी देखिने कुराको छानविन उनीहरुवाट नै गराउछौ भन्नु राजनीतिक संलग्नताको आशंकालाई बल पुर्याउने पक्ष भएको प्रष्ट पारेका छन् । य्रस्तै उनले विगतमा संसदीय छानविनलाई गठवन्धन सरकारले नै पंगु बनाएका कारणले संसदीय छानविन प्रति जनताको विश्वास र भरोसा टुटेको पनि जनाएका छन् ।

पोखरेल सुन तस्करीसम्बन्धमा थप लेख्छन्, ‘त्यसैले राज्यको सुरक्षा प्रणाली प्रतिनै अनास्था र अविश्वास पैदागर्न पुगेको सुन तस्करीको छानविनका लागि नेकपा (एमाले) उच्चस्तरिय न्यायिक छानविन समितिको माग गरेको हो । अव यो माग नेकपा९एमाले०को मात्र माग रहेन । सत्ता गठवन्धनमा रहेका माननीयहरुको समेत माग बन्न पुगेको छ ।’

आशंकाको घेरामा रहेको सरकारका निकायवाट गरिने छानविनवाट यति गम्भीर समस्याको समाधान निकाल्न सम्भव नभएको पनि महासचिव पोखरेलले दाबी गरेका छन् । उनी भन्छन्, ‘सबैले बुझ्नु पर्दछ कि( उच्चस्तरिय छानविन आयोग गठन भएका कारणवाट नै राजनीतिक संलग्नतामा भएको ललिता निवास प्रकरण बाहिर आएको हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org