आज समाजवादी मोर्चाको बैठक, समसामयिक विषयमा छलफल गर्ने
काठमाडौँ, २ भदौ स् समाजवादी मोर्चाको बैठक आज आइतवार नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।इतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा ९एकीकृत समाजवादी०का महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।
मोर्चामा नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी० र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ ।
यसैबीच एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकमा आसन्न पोलिट्ब्यूरो बैठकका साथै केन्द्रीय कमिटी बैठकका तयारी तथा एजेण्डा, समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल भएको छ ।
पार्टीले यही भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक तथा यही भदौ ५ गतेदेखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति र स्थान तोक्ने पार्टीले जनाएको छ ।–––
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...