ताजा समाचार

गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ : रवि लामिछाने

काठमाडाैँ।  ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईकाे बयानसमेत नलिएरै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले सरकारी वकिलकाे कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउन लागेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।

उनले प्रकरणकाे निर्णयकर्ता सबैकाे बयान लिएर मात्रै अनुसन्धान प्रतिवेदन तयार पार्न खबरदारी गरेका छन् ।

‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानबिनाको अपुरो अधुरो फाइल पेस नगरोस्’, लामिछानेले फेसबुकमा लेखेका छन्, ‘गृहमन्त्रीज्यू, केही त गडबड छ.. ठूलै गडबड छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org