ताजा समाचार

एकीकृत समाजवादीको बैठक आज पुनःबस्ने, विभिन्न प्रतिवेदनमा छलफल हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पुनः बस्ने भएको छ। हिजो मंगलवार बसेको बठैक आज बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा हिजोदेखि सुरु भएको बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले आज बिहानसम्म स्थगित गरिएको थियो ।

हिजो मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एमालेबाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ । उक्त प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरे ।

बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा भोलि धारणा राख्नेछन् । पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ । पार्टीका महासचिव घनश्याम भुसालको साङ्गठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org