ताजा समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बेलुका ५ बजे बैठक सुरु हुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।

बैठकका लागि विभिन्न एजेन्डा तय गरिएको छ । बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचनका विषयमा छलफल गरिनेछ ।

यस्तै, संसद्‌मा रास्वपाका तर्फबाट दर्ता गराइएको संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावहरूमाथि छलफल गरिनेछ ।

पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा समेत छलफल गरिने सचेतक डाँगीले जानकारी दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org