ताजा समाचार

नेकपा एस निकट ‘अनेरास्ववियू’ मा नयाँ नेतृत्व,अध्यक्षमा आरती लामा चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाएको छ । काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिएर महाधिवेशन आयोजक कमिटी बनाइएको हो ।

लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो । योसँगै सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिए । माले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org