ताजा समाचार

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरवारमा जारी

काठमाडाैँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरवारमा बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमवार बैठक बसिरहेको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, ७ वटै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका सचिवहरू र नेपाली सेनाका सेनापति लगायतको उपस्थिति छ । बैठकमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।

बैठकमा ठूला आयोजनाको काममा भइरहेको ढिलासुस्तीको बारेमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org