ताजा समाचार

प्रतिनिधिसभाका १० वटै समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं ।प्रतिनिधिसभाका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भए पनि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुई जनाको उम्मेरदवारी परेकाले चुनाव हुने स्थिती आउन लागेको थियो तर रास्वपाका सांसदले उम्मेदवरी फिर्ता लिएपछी सबैमा सर्वसहमति मै सभापति टुङ्गोलागेको थियो।

जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव छन् ।

त्यसैगरी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यस्तै पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको निर्वाचित भएका हुन्।
प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org