ताजा समाचार

धनगढीमा आज समाजवादी मोर्चाको ‘सन्देश सभा’, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

धनगढी । समाजवादी मोर्चा नेपालको आज धनगढीमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मोर्चाले मंगलबार पत्रकार सम्मेलन गर्दै सन्देश सभाको तयारी पूरा भएको जनाएको छ । सन्देश सभालाई मुख्य गरी चार दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org