ताजा समाचार

एमाले महासचिव पोखरेल र चिनियाँ अधिकारीबीच भेट

बेइजिङ । चीन भ्रमणका रहेको नेकपा एमालेको टोलीका नेता तथा एमाले महासचिव शंकर पोखरेल र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ ।

टोलीलाई आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले स्वागत गरेका थिए ।

स्वागतपछि दुई पक्षीय भेटवार्ता भएको भ्रमण दलका सदस्य पत्रकार राजेश राईले जानकारी दिए ।

तीन करोड बढी जनसंख्या भएको स्थानीय सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको छलफलबाट एमालेको चीन भ्रमणको औपचारिक सुरुवात भएको छ । २२ सदस्य भ्रमण दलले चीनमा १२ दिन बिताउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org