ताजा समाचार

राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

‘आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org