ताजा समाचार

ललितानिवास प्रकरणमा बहस सकियो,आजै आदेश आउने

काठमाडौं । ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने निर्णय सुनाउनेछ ।

यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा छन् ।

१२ असारमा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो ।

त्यसअनुसार कै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org