एमालेले तीन दिनसम्म शोक मनाउने
काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं। २ मा शोक पुस्तिका राखिने छ । पार्टी र पार्टी सम्बन्ध जनवर्गिय सङ्गठनको औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जलिसभा गर्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । हाल पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा राखिएको छ । नेम्वाङलाई श्रद्धाञ्जलि दिन अहिले पार्टी मुख्यालयमा भीड लागेको छ ।
प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Comments
अरु समाचार
-
१२ न्यायधीशले अवकाश पाउँदै, तत्कालै नयाँ नियुक्ति नभए मुद्दामा गम्भीर असर पर्ने
काठमाडौं । न्यायधीश अनिलकुमार सिन्हा विदामा बसेसँगै सर्वोच्च अदालतमा सात पद खाली हुन पुगेका छन् भने मुद्दाले ६ महिना लामो...
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२...
-
एमाले कोशी र कर्णाली अधिवेशनमा मतगणना हुँदै , गण्डकी प्रदेश अधिवेशन आजदेखि
काठमाण्डौ । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एमालेले...
-
मलंगवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइयो
काठमाडौं । सर्लाहीको सदरमुकाम मलङ्गवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको थियो...
-
रवि लामिछानेले दिए मूल्यवृद्धि फिर्ता लिएकोमा सरकारलाई धन्यावाद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद...
-
स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा, अनिश्चितकालीन ‘विरोध कार्यक्रम’ सुरु
काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले माइतीघरमा दबाबमुलक 'विरोध कार्यक्रम' सुरु गरेका छन् । ७५३ वटै तहका कर्मचारीका प्रतिनिधि काठमाडौंमा भेला...