भोलीबाट सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा आउने
काठमाडौं। बुधबारबाट सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ।
संविधान दिवसको अवसरमा नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा २५ वटा बस सञ्चालनमा ल्याउन लागिएको हो ।
बस चलाउन सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाइरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्र्वरीदत्त पनेरुले जानकारी दिएका छन् ।
बस गुड्नका लागि अहिले सडकका दुबै भागमा छुट्टै लेन बनाउने कार्य भइरहेको पनि उनले बताएका छन् ।
पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन। यद्यपि एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।
उनका अनुसार भोलि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्।
ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ।
मास ट्रान्सपोटेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोग गर्नेको संख्या घट्ने उनले बताए।
‘यसो हुँदा सडकमा जाम कम हुन्छ र व्यवस्थित हुन्छ भन्ने विश्वास हाम्रो हो,’ उनले थपे।
पनेरूका अनुसार सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ।
कार्यालय समयमा अत्याधिक जाम हुने हुने कुरालाई मध्यनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागिएको पनेरू बताउँछन्।
कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्क पुग्नलाई डेढ घन्टासम्म लाग्ने र त्यसलाई घटाइ ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्क पुर्याउने लक्ष्य छ, उनले भने, त्यसका लागि यात्रु चढाउने र ओराल्ने निश्चित ठाउँहरू तोकिएको छ र यस्ता बसहरूले यात्रु कुरेर बस्दैन। ३० सेकेन्डभित्र यात्रुलाई चढाउने र ओराल्ने काम हुन्छ।
Comments
अरु समाचार
-
स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्वन्धित निकायबीच समन्वय गर्न समिति गठन गर्ने भएको छ । स्वास्थ्यकर्मीमाथि...
-
सुशासन, विकास र समृद्धिका लागि ‘हिमालय मातृभूमी फाउण्डेशन’ को स्थापना : अध्यक्ष टीकाराम पुरी
काठमाडौं । 'हिमालय मातृभूमी फाउण्डेशन' का अध्यक्ष टीकाराम पुरीले आफू अध्यक्ष रहेको संस्था नेपाललाई माया गर्ने देशमक्त नेपालीहरुको सेवामुलक साझा...
-
दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा
काठमाडौं । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७०...
-
पूर्वसर्त पूरा नभएसम्म चिकित्सकहरुले आन्दोलन जारी राख्ने
काठमाडौं । गृह मन्त्रालयले बोलाएको वार्तामा आन्दोलनरत आवासीय चिकित्सक नजाने भएका छन् । आफ्ना पूर्वसर्त पूरा नभएसम्म वार्तामा नबस्ने उनीहरूले...
-
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट...
-
राष्ट्रिय मानव अधिकार आयोगद्धारा देशभरका बालसुधार गृहको अनुगमन सुरु
काठमाडौं । बालसुधार गृहहरूमा समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका सुधार गृहको अनुगमन सुरु गरेको छ । आयोगले मोरङ्ग,...
-
प्रधानमन्त्री देशबाहिर रहेका बेला गुप्तचर प्रमुख भेट्न दिल्ली जाँदै थापा
काठमाडौं । प्रधानमन्त्री देश बाहीर भएको बेला गुप्तचर विभाग प्रमुखले पनि देश छाड्ने तयारी गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागका...
-
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन् । सङ्घको गए...
-
वार्तामा बोलाउँदा आउनु भएन, राजनीतिक स्वार्थ जोडिएको हुनसक्छ: मेयर बालेन
काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् । आन्दोलनको विषय र समस्याको बारेमा...