विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको स्थानीय तहहरुको निष्कर्ष
काठमाडौं । स्थानीय तहहरुले संघीय विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको निश्कर्ष निकालेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले उक्त विधेयकले संघीय प्रणालीलाई नै चुनौती दिएको र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप गरेको बताएका छन् ।
मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संघीय सरकारले यस्तो विधेयक ल्याउनु नै संविधान विपरीत हुने जिकिर गरेका छन् । ‘विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरुबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
संविधानतः खारेज भइसकेका जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग लगायतका संरचना पुनः ब्यूँताउन खोज्नु र प्रधानाध्यापकको छनोटसमेत जिल्ला शिक्षा कार्यालयबाट गर्न खोज्नु संविधान विपरीत भएको उनीहरुले बताएका छन् । संविधानको धारा ३०४ अनुसार संघीय संसदको पहिलो बैठक बसेको एक बर्षपछि शिक्षा ऐन २०२८ लगायत संविधानसंग बाझिएका सम्पूर्ण ऐन नियमहरु संशोधन वा खारेजी भइसक्नुपर्ने थियो ।
तसर्थ संघीय सरकारले माध्यमिक शिक्षा भन्दा माथिको प्रावधान समेटी समग्र राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड सहितको संघीय शिक्षा ऐन बनाउनुपर्ने उनीहरुको भनाइ छ । ‘माध्यमिक तहसम्मको शिक्षा ऐन स्थानीय सरकारहरुबाट जारी भई लागु भइरहेको वर्तमान अवस्थामा प्रस्तुत विधेयकबाट समस्या उत्पन्न हुने र जटिलता थपिने निश्चित छ’ विज्ञप्तिमा भनिएको छ । संविधान र संघीयता विपरीत विद्यालय शिक्षालाई पुनः केन्द्रिकृत गर्ने मनसायले स्थानीय सरकारको अधिकारमा अंकुश लगाउने गरी कानुन बनाउन खोजिएको गाउँपालिका महासंघ र नगरपालिका संघको भनाइ छ ।
संविधानको अनुसूची ८ स्थानीय सरकारको एकल अधिकारको सूची हो र ती अधिकारहरुको कार्यान्वयन गाउँ÷नगरसभाले बनाएका कानूनबमोजिम हुने व्यवस्था संविधानको धारा ५७ को उपधारा ४ मा छ ।अनुसूची ८९८० मा आधारभूत र माध्यमिक शिक्षा एकल अधिकारको रुपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार स्थानीय सरकारमा निहीत रहेको उल्लेख छ ।
गत १६ असारमा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकको निर्णय अनुसार एउटै प्रकृतिको कामका लागि अलग–अलग संरचना हटाउन बनाएको कार्यदलले काम गरिरहेका बेला खारेज भइसकेका कार्यालय पुनर्स्थापना गर्न खोज्नु गलत भएको पनि गाउँपालिका महासंघ र नगरपालिका संघले बताएका छन् । विधेयककै प्रावधानमा असहमति राखेर शिक्षक महासंघले ३ असोजदेखि अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेका छन् । गाउँपालिका महासंघ र नगरपालिका संघले शिक्षक महासंघको निर्णयले बालबालिकाको मौलिक अधिकार हनन भएको बताएका छन् ।
Comments
अरु समाचार
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
आजको राशिफलः २०८० असोज १७ गते, बुधवार
मेष: व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...