ताजा समाचार

राधा स्वामी सत्संग व्यासका बाबाजी काठमाडौं आउँने सत्संग कार्यक्रम सर्‍यो

 

काठमाडौं । राधा स्वामी सत्संग ब्यास नेपालका सत्गुरु बाबाजी सत्संगका लागि काठमाडौं आउने कार्यक्रम सरेको छन् ।

यही असोज ९ र १० गते टोखा–१० रिङरोड, सामाखुशीस्थित आफ्नै सत्संग परिसरमा आयोजना हुने भनिएको सत्संग कार्यक्रम तत्कालका लागी सरेको राधा स्वामी सत्संग ब्यास नेपाल क्षेत्रीय सचिव कृष्ण दाहालले न्युज नेपाललाई जनाकारी दिए ।

राधा स्वामी सत्संग ब्यास नेपाल क्षेत्रीय सचिव दाहालले भनेः विविध प्राविधिक कारण बहस पुर्व निर्धारित समयमा सत्संग कार्यक्रम सकेनाैँ, हामी क्षमा चाहान्छाैँ छिट्टै कार्यक्रमको नयाँ सेडुल ल्याउने छाैँ ।

आयोजक राधास्वामी सत्संग ब्यास नेपाल गैरराजनीतिक, गैरव्यवसायिक, कुनै सम्प्रदायमा संलग्न नभएको र नाफा नकमाउने उद्देश्यले भएको आध्यात्मिक संस्था हो । यस अन्तर्गत नेपालभरका १०८ वटा सत्संग स्थलहरुबाट प्रत्येक शनिबार सत्संग प्रवचन हुने गरेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस्ः

राधा स्वामी सत्संग व्यासका बाबाजी काठमाडौं आउँदै, असोज ९ र १० गते सामाखुशीमा प्रवचन कार्यक्रम

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org