राधा स्वामी सत्संग व्यासका बाबाजी काठमाडौं आउँदै, असोज ९ र १० गते सामाखुशीमा प्रवचन कार्यक्रम
काठमाडौं । राधा स्वामी सत्संग ब्यास नेपालका सत्गुरु बाबाजी सत्संगका लागि भारतबाट काठमाडौं आउने भएका छन् । यही असोज ९ र १० गते टोखा–१० रिङरोड, सामाखुशीस्थित आफ्नै सत्संग परिसरमा आयोजना हुने सत्संग कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । नेपाल भरिका भक्तजन संगत तथा इच्छुक नागरिकले उक्त सत्संग सुन्न सक्ने आयोजकले जनाएको छ ।
टाढाबाट आएर दुई–तीन दिन बसोबास गर्नुपर्ने भक्तजन संगतहरुका लागि संस्थाको सुन्दरिघाट कीर्तिपुरस्थित आफ्नै परिसर र कीर्तिपुरस्थित ल्याबोरेटरि उच्च माध्यमिक विद्यालयको परिसरमा खानपान तथा बसोबासको व्यवस्था गरिएको छ । सत्संग हुने दिन कीर्तिपुरबाट सामाखुशी आउने–जाने यातायातको समेत निःशुल्क व्यवस्था गरिएको छ । उक्त कार्यक्रममा लगभग २५ हजार भक्तजन संगतको उपस्थिति हुने अनुमान छ । संस्थाले आफ्ना सवै कार्यहरु स्वयंसेवक सेवादारबाट संचालन गर्ने गरेको छ ।
सत्संग कार्यक्रममा नेपाल भरिका इच्छुक, जिज्ञासु, भक्तजन जो कोहीलाई सत्गुरु बाबाजीको सत्संग सुन्ने इच्च्छा भएमा विहान ९ बजेभित्रै सामाखुशीस्थित सत्संग परिसरमा प्रवेश गरिसक्नुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बास बस्ने गरि आउनेलाई आफूलाई पायक पर्ने राधास्वामी सत्संग ब्यास नेपालका कुनै पनि सत्संग स्थलहरुमा सम्पर्क राख्न भनिएको छ ।
बास बस्ने गरि आउने नाबालक, अशक्त, ज्येष्ठ नागरिक र महिलाको हकमा संरक्षक वा रेखदेख गर्नेको साथमा आफ्नो घरमा सुचना दिएर मात्र आउनुपर्ने छ । बसोबास गर्ने स्थानमा महिला र पुरुष अलग÷अलग रहने व्यवस्था हुने भएकोले सो व्यवस्था मिल्ने गरि संरक्षक वा रेखदेख गर्ने व्यक्ति हुनु पर्नेछ । सरुवा रोग नलागेका दीर्घ रोगको औषधि खाइरहेकाले आफ्नो औषधी साथमा लिएर मात्र आउनुपर्ने छ । सरुवा रोग लागेका विरामी, गम्भीर असक्त तथा जोखिमपूर्ण शारीरिक समस्या भएकाहरुका लागि भने विशेष व्यवस्था हुन नसक्ने भएकोले स्वव्यवसथा गर्न तथा उपचारमा रहन अनुरोध गरिएको छ ।
सत्संगमा सहभागी हुन आउनेले बहुमुल्य गरगहना, चिजबस्तु तथा धनमाल ल्याउन पाउने छैनन् । मोबाईल फोन साथमा ल्याउन चाहनेले सत्संग परिसर बाहिर स्वयंसेवकबाट संचालन हुने काउण्टरमा जम्मा गरि टोकन लिएर भित्र प्रवेश गर्नुपर्ने छ । कार्यक्रममा सहभागी भएर फर्किएपछि टोकन दिएर मोवाइल फिर्ता गर्ने व्यवस्था पनि गरिएको छ । सत्संगको अवधी सामान्यतः ४५ मिनेटको हुने छ ।
सत्संग सकिएपछि निःशुल्करुपमा शाकाहारी भोजनको व्यवस्था गरिएको छ । राधास्वामी सत्संग ब्यास नेपाल गैरराजनीतिक, गैरव्यवसायिक, कुनै सम्प्रदायमा संलग्न नभएको र नाफा नकमाउने उद्देश्यले भएको आध्यात्मिक संस्था हो । यस अन्तर्गत नेपालभरका १०८ वटा सत्संग स्थलहरुबाट प्रत्येक शनिबार सत्संग प्रवचन हुने गरेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











