ताजा समाचार

ईः लाई भेट्न पुगिन् उपप्रमुख सुनीता डंगोल

काठमाडौं । आन्दोलनरत अभियन्ता ई:लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पुगेकी छन्।

मंगलबार बिहान ई:लाई भेट्न पुगेकी हुन्। उपप्रमुख डंगोलले उभिएर आन्दोलन गरिरहेका ई: को स्वास्थ्य अवस्था बुझेकि थिइन्। उनले मागको विषयमा पहल गर्ने प्रतिबद्धता पनि जनाइन्।

सामाजिक अभियन्ता ई: ले फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै असोज २ गतेदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन्।
अन्य युवाहरूले पनि उनको आन्दोलनमा साथ दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org