ताजा समाचार

चिकित्सक कुट्नेलाई ‘जेल विथ आउट वेल’को माग गर्दै चिकित्सकहरु माइतीघरमा

काठमाडौं । काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सकमाथि लगातार आक्रमण हुन थालेपछि वीर, त्रिवि शिक्षण, पाटनलगायतका अस्पतालका चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले चिकित्सकमाथि आक्रमण गर्नेलाई ‘जेल विथ आउट वेल’को माग गरेका छन् ।

आन्दोलनमा रहेका चिकित्सकहरूले ‘डाक्टर कुट्न पाइँदैन, एनएमए होसियार’ जस्ता नारा लगाउँदै गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो ।

चिकित्सकमाथि पटक–पटक कुटपिट हुँदा समेत कारबाही नगरेको भन्दै गृह र स्वास्थ्यमन्त्रीको नाममा एक मिनेट मौन धारण गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org