सुशासन, विकास र समृद्धि कायम गर्न शासकसँग निष्ठा र इमान्दारिता हुनुपर्छ: पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न शासनमा रहका नेताहरुसँग इमान्दारिता र निष्ठा हुनुपर्नेमा जोेड दिएकी छन् । काठमाडौंमा बिहीबार ‘हिमालय मातृभूमी फाउण्डेशन’ नामक गैरसरकारी संस्थाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् । तर सत्तामा रहेका नेताहरुले मलाई जनताले के भन्लान् भन्ने कुराको हेक्कै नराखि मनलागी गरिरहेको उनले दाबी गरिन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले सत्तामा रहेका नेताहरुप्रति लक्षित गर्दै भनिन्, ‘वर्तमानमा नेताहरुलाई गलाभरि माला लगाउन पाए भयो, १० वटा -२० वटा माला घाँटीमा लगाएर देखायो, त्यति भए पुग्छ ।’ सत्तामा रहेका व्यक्तिहरुले इतिहासमा मेरो मुल्यांकन कस्तो होला, म के हुँला, जनताले कसरी मुल्यांकन गर्लान् भन्ने कुराको हेक्का नराख्ने गरेको उनले जनाइन् ।
देशको राजनीतिक अवस्था देखेर आफूलाई विरक्त लागेको उनले जनाइन् । देशको राजनीतिसम्बन्धी समाचार नसुन्ने गरेको पूर्वप्रधानन्यायाधीश कार्कीले जनाइन् । कहिले बालुवाटार कान्ड, कहिले सुन कान्डलगायत देशमा कान्डैकान्डबाहेक केही नभएको उनले जनाइन् ।
सत्तामा बसेकाहरु आफैं हाँस्ने र नाँच्ने गरेको कार्कीको भनाइ थियो । उनले जनतालाई दुःख भइरहेको तर नेताहरु आफूखुसी रमाएर आनन्द मानिरहेको पनि जनाइन् । प्रवुद्ध वर्गले शासनशैलीप्रति आलोचना गरिरहँदा नेताहरु भने आफ्नो प्रशंसा आफैं गरिरहेको जनाइन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘नेताहरुले मुखमा आएजति बोलेको पनि सुनिन्छ, सरापेको पनि सुनिन्छ । मैले सबैभन्दा राम्रो काम गरेको छु भनेर आफैं भनेको पनि सुनिन्छ । यता जनता भने शासकहरुको कामकारबाहीप्रति असंतुष्ट छन् ।’ यस्तो विषम परिस्थितिका विचमा कसरी समायोजन गर्ने भन्ने प्रमुख समस्या आफूले देखेको उनले जनाइन् । जनताले विरोध गर्दा पनि नेताहरु एकोहोरो लागेको उनले जनाइन् । राजनीतिमा अधिकांश जनताहरु जानकार भएको जनाउँदै उनले अभाव भने विकासको भएको दाबी गरिन् ।
हिमालय मातृभूमी फाउण्डेशनको ‘सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०’ विषयक अवधारणा-पत्रमा केन्द्रित हुँदै उनले अवधारणा-पत्रमा आफूले विमति जनाउनुपर्ने केही पनि विषय नभएको जनाइन् । उनले अवधारणा-पत्रमा उल्लेख भएका विषयहरु देशको अवस्थासँग मिल्दो भएकाले सुशासन, विकास र समृद्धिका लागि संस्थाले काम गर्नेमा आफू विश्वस्त रहेको जनाइन् ।
फाउण्डेशनका अध्यक्ष टीकाराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सागरप्रसाद धिताल, पूर्वराजदूत महेश दाहाल, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्याब्सनका अध्यक्ष डीके ढुंगाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने, राजनीतिक विश्लेषक मुमाराम खनाल, दिनेश सुवेदीलगायतले धारणा राखेका थिए । सुनिल बजगाईले अवधारणापत्र प्रस्तुुत गरेको कार्यक्रमका वक्ताहरुले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न फाउण्डेशनको अभियानले टेवा पुर्याउने जनाए ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...