एमाले कोशी अधिवेशनमा मध्यान्ह १२ बजेदेखि मतदान हुँदै, दुई प्यानलबीच प्रतिस्पर्धा
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी नेतृत्वले प्यानल बनाउन निषेध गरेकोमा यहाँ पनि पदाधिकारीसहित प्यानल बनाएर उम्मेदवारी दर्ता भएको हो । प्रदेश अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा छन् । उपाध्यक्षमा भने टीकाराम चेम्जोङ्गको मात्रै उम्मेदवारी परेको हो । एकजनाको मात्रै उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सचिवमा उदयपुरका शैलेश लामा, पाँचथरका राजकुमार भण्डारी र झापाका हीरा थापाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले बताए । २ जना चाहिने उपसचिवका लागि चारजना प्रतिस्पर्धामा छन् । उपसचिवमा एक महिला र ३ जना पुरुषको मनोनयन दर्ता भएको छ । झापाकी जलवर्ष राजवंशी, संखुवासभाका भविश्वार गुरुङ, मोरङका खेम नेपाली र खोटाङका देवान राईले मनोनयन दर्ता गराएका छन् । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।
सदस्यका लागि भने भूगोलअनुसार मनोनयन दर्ता भएकाले तथ्यांक निकाल्ने काम भइरहेको छ । उम्मेदवारको दाबी विरोध गर्ने समय सकिएर बिहान ९ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको छ । मध्यान्ह १२ बजेदेखि मतदानको तयारी गरिएको प्रमुख निवाचन अधिकृत आचार्यले बताए । शुक्रबार उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीदेखि शीर्ष नेताले सहमतिमा नेतृत्व चयन गर्न नसकिए प्यानल नबनाई स्वस्थ्य प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । तर, यहाँ अघोषित प्यानल बनाइएको छ । सचिवमा खतिवडाको प्यानलमा राजकुमार भण्डारी र ढकालको प्यानलमा शैलेस लामा छन् ।
उपाध्यक्ष चेम्जोङ्गलाई भने दुवै पक्षले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् । उनी सुरूमा ढकालतिर खुलेका थिए । उपसचिवमा जलवर्षा राजवंशी खतिवडा पक्षमा देखिए पनि अन्य तीन उपसचिव खुलेका छैनन् । अहिले पनि आ(आफ्नो प्यानलमा तान्ने र एकजनाको मनोनयन फिर्ता गर्न लगाउने प्रयास जारी छ ।
Comments
अरु समाचार
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
आजको राशिफल: २०८० मंसिर २२ गते शुक्रबार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ...
-
विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई...
-
एनसेल शेयर खरिदबिक्री प्रकरणः पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक...
-
एमालेको “मध्यपहाडी सङ्कल्प यात्रा” आज पर्वतमा
काठमाडाैँ । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्दै भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु...
-
उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार बसेको...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । दक्षिण...
-
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको...
-
इंग्लिस प्रिमियर लिगः फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको...