अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अष्ट्रेलियाबीच सुमधुर, सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै तिमिल्सिनाले आपसी विश्वास, समझदारी, पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुसी ब्यक्त समेत व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलियाबीच लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्न आवश्यक रहेको जनाउँदै दुवै देशको संसद्मा मैत्री समूहले दुई देशका संसद बिचको सम्बन्धलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका छन् ।
अष्ट्रेलियाले नेपालको समाजिक–आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपालजस्ता भूपरिवेष्ठित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि ब्यक्त गरे ।
“सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकता रहेकाले त्यसमा पनि अस्ट्रेलिया सरकारबाट निरन्तर सहयोग प्राप्त हुने बिश्वास लिएको छु”,अध्यक्षले निमिल्सिनाले भने “अस्ट्रेलियाले स्वास्थ्य, शिक्षा, स्थानीय सरकारको क्षमता विस्तार आदि क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्न चाहन्छु, साथै कृषि र वन क्षेत्रमा थप सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।”
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलियामा ६० हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको र अष्ट्रेलियामा एक लाख २२ हजारभन्दा बढी नेपालीहरू बसोबास गर्दै आएका कारण नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।
सो अवसरमा अष्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अष्ट्रेलियामा सङ्घीयताको अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकामा खुसी ब्यक्त गरेका थिए। डिकले अष्ट्रेलियाले सङ्घीयता कार्यन्वयनका क्रममा हाँसिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुन्छ भन्नेमा विश्वास व्यक्त गरेका थिए । सभामुख डिकले नेपालसँग रहेको सुमधुर सम्बन्धलाई अझै उचाईमा पुग्ने बिश्वास ब्यक्त गर्दै संसदीय अनुभव आदनप्रदानबाट नेपालको सङ्घीयतालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
Comments
अरु समाचार
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
आजको राशिफल: २०८० मंसिर २२ गते शुक्रबार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ...
-
विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई...
-
एनसेल शेयर खरिदबिक्री प्रकरणः पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक...
-
एमालेको “मध्यपहाडी सङ्कल्प यात्रा” आज पर्वतमा
काठमाडाैँ । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्दै भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु...
-
उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार बसेको...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । दक्षिण...
-
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको...
-
इंग्लिस प्रिमियर लिगः फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको...