ताजा समाचार

नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने

काठमाडौं । यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । रोयल स्विडिस एकेडेमीले बिहिबार घोषणा गरेको हो ।

एकेडेमीले लेखक फसलाई नभनिएका वा भन्न नसकिने कुरालाई नवीन नाट्य तथा निबन्धबाट आवाज दिएका कारण नोबेल साहित्य पुरस्कार दिएको जनाएको छ ।

एकेडेमीका अनुसार फसको शैलीललाई फस मिनिमलिज्म भनेर समेत चिनिने गरेको छ । वेकफुलनेस, मेलांकोलिया, मेलांकोली, सेप्टेलोजी लगायतका फसका चर्चित पुस्तक हुन् । एकेडेमीले फसको लेखनशैलीको प्रशंसा गर्दै भनेको छ,योन फस दैनन्दिनका यस्तो अवस्था प्रस्तुत गर्छिन् कि जुन तत्काल नै हाम्रो जीवनबाट पहिचान हुन्छ। नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ०७ हजार अमेरिकी डलर ) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशीमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो ।

साहित्यमा पहिलो नोबेल पुरस्कार  सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो । यस वषैको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको को नोबेल पुरस्कार घोषणा भइसकेको छ। पछिल्लो समय नानोटेक्नोलोजी टुलबक्स का लागि महत्वपूर्ण भूमिका खेल्ने क्वान्टम डट खोजी गर्ने तीन जना वैज्ञानिक मौंगी जी बावेन्डी, लुई र्य ब्रस र अलेक्सेई आई इकिमोभलाई रशायनशास्त्र तर्फको नोबेल पुरस्कार दिईएको छ ।

यस वर्ष सूक्ष्म समय पत्ता लगाउने प्रकाशसम्बन्धी प्रयोगिक विधिका लागि वैज्ञानिकलाई यस वर्षकोक भौतिकविज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ । त्यस्तै कोरोना भाइरस विरुद्धको एमआसएन खोप विकासका लागि तीन वैज्ञानिकले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org