ताजा समाचार

हिसांंमा फसिरहेका विद्यार्थीलाई थाल्यो त्यहाँको सेनाले सुरक्षित स्थानमा सार्न

काठमाडौं । इजरायली हिसांंमा फसिरहेका नेपाली विद्यार्थीलाई त्यहाँको सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ । शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको त्यहाँ नेपालीहरुले जनाएका छन्।

सूदुरपश्चिम विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायलमा रहेका विद्यार्थी जारी आक्रमणमा परेका उनीहरु बंकरमा लुकेर सुरक्षाका लागि साहयताको पर्खाइमा थिए ।

इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।

शेदोत नेगेभमा रहेका दाङ नारायणपूरका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’

सरकारले नेपालीको उद्धारका लागि  पहल गरिरहेको बताए पनि उपलब्धी हुन सकेको थिएन । अहिलेसम्म हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ, भने दर्जनौ नेपाली विद्यार्थी घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org