ताजा समाचार

हार्ड रक क्याफे र नेपाल क्यान्सर अस्पतालको सहकार्यमा ‘स्तन क्यान्सर सचेतना’ कार्यक्रम

काठमाडाैँ । नेपाल क्यान्सर अस्पताल र हार्ड रक क्याफे काठमाडाैँको सहकार्यमा स्तन क्यान्सर सचेतना कार्यक्रम गरेको छ ।

बिश्व स्तन क्यासर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पताल, हार्ड रक क्याफे काठमाडाैँ र नेपाल क्यान्सर सहयाेग समुहको सहकार्यमा स्तन क्यान्सर सचेतना कार्यक्रम गरिएको हाे ।

उक्त कार्यक्रममा स्तन क्यान्सरबाट सभाइभर भएका महिला तथा पुरुषहरुले आफ्ना अनुभव सुनाएका थिए । क्यान्सर लाग्नासाथ मृत्यु भइहाल्छ भन्ने आम मान्यता मिथ्या रहेको बताउदै स्तन क्यान्सर सभाइभरहरुले यसको उपचार समयमा भए क्यान्सरलाई जित्न सकिने। बताएका थिए ।

स्तन क्यान्सरका बारेमा विश्वव्यापी रुपमा चेतना फैलाउदै आएको हार्ड रक क्याफेले आफ्ना होटल, रेष्टुरेन्ट र क्यासिनोहरुमा यसका बारेमा आफ्ना ग्राहकहरुलाई जानकारी गराउदै आएको छ ।

सोही समुहले नेपालमा पनि क्यान्सर सर्भाइभरहरुलाई सहयोग गर्दै आएको छ । सोही अवसरमा शुक्रबार दरवारमार्गस्थित हार्डरक क्याफेमा स्तन क्यान्सरका बारेमा छलफल गरिएको थियो ।

“हार्ड रकले २४ औं पिङ्कटोबर प्रचारमा विश्वभरि एकजुट र स्तन क्यान्सरबाट प्रभावितहरुलाई यसको रोक थामकालागि चनचेतना फैलाउन हार्ड रक इन्टरनेशनलका अध्यक्ष जिम एलेन आग्रह गरेको सन्देश सुनाइएको थियो ।

हार्ड रक क्याफे काठमाडौंमा, स्तन क्यान्सरले प्रभावित गरेका व्यक्तिहरूलाई समर्थन गर्न यो कार्यक्रमको आयोजना गरिएको हार्ड रक क्याफे काठमाडौका सहायक महाप्रवन्धक नारायण सुवेदीले जानकारी दिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org