ताजा समाचार

केपी ओलीमाथी राजावादीका भराैटेले प्रायोजित हमला गरेको भन्दै राजेन्द्र गाैतमले दिए यस्तो चेतावनी

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष केपी ओलीको चरित्र हत्या गर्ने गरी प्रायोजित हमला गरिएको टीप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले ओलीको राष्ट्रवादी अडान, समृद्ध नेपाल-सुखी नेपालीका योजनाकारविरुद्ध पुनरात्थानवादी, प्रतिगमनकारीले हमला गरेको भन्दै भर्त्सना गरेका छन् ।
‘घोर दक्षिणपन्थी, पुनरूत्थानवादी ,राजावादी भरौटे तत्वहरूबाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौती दिन्छु । एउटा राष्ट्रवादी, विकासप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल बनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस / दुस्प्रयास नगर्न चेतावनी दिन्छु ।’                                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org