ताजा समाचार

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश खतिवडा मेलमिलापसम्बन्धी कार्यक्रममा सहभागी हुन जापान जाँदै

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश तथा न्याय परिषद्का सदस्य ईश्वरप्रसाद खतिवडा एक कार्यक्रममा सहभागी हुन जापान जाने भएका छन् । उनी आगामी मंसिर १६ गते मेलमिलापसम्बन्धी कार्यक्रममा सहभागी हुन करिव १० दिनका लागि जापान जान लागेका हुन् ।

यसैबीच, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि विभिन्न देशका प्रधानन्यायाधीशहरुको कार्यक्रममा सहभागी हुन भारत जाने तयारीमा छन् । उनी यही नोभेम्बर २७ र २८ तारिख आयोजना हुने ग्लोबल कार्यक्रममा सहभागी हुन भारत जाने भनिएपनि कार्यक्रमको पूर्णरुपमा टुंगो भने लागि नसकेको बुझिएको छ । वरिष्ठतम् न्यायाधीश खतिवडा सहभागी हुने जापानको कार्यक्रमको भने टुंगो लागि सकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org