ताजा समाचार

विश्वकप क्रिकेट : भारत र अष्ट्रेलियाबिचको फाइनल अहिलेसम्मकै भव्य हुने

काठमाडौं। भारतमा जारी पुरुष विश्वकप क्रिकेट २०२३ अन्तर्गत आयोजक भारत र अष्ट्रेलियाबिचको फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ ।

आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सुरु हुने क्रिकेट विश्वकपको खेल उद्घाटन इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिनेछन् । फाइनलको उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफै उपस्थित रहने प्रतियोगिताको फाइनल खेल अघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गर्नेछन् भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ ।

सम्मानको क्रममा प्रितमको लाइभ पर्फमेन्सको साथै करिब ५ सय कलाकारले नित्य प्रदर्शन गर्नेछन् र उनीहरूले जितेको पललाई रिल बनाएर २० सेकेन्ड ठुलो पर्दामा देखाइने छ ।

प्रतियोगिता भारतीय वायुसेना द्वारा १० मिनेटको एयर शो सँग १२स्४५ बजे सुरु हुनेछ। यस समयमा, आईएएफ को सूर्य किरण टोलीले स्टेडियम माथि स्टन्ट प्रदर्शन गर्नेछ ।

यो प्रदर्शन फ्लाइट कमान्डर र डेपुटी टीम लिडर विङ कमान्डर सिद्धेश कार्तिकको नेतृत्वमा हुनेछ। पहिलो पटक भारतीय वायुसेनाले यस्तो प्रतियोगितामा प्रदर्शन गर्न लागेको हो ।

यो एयर शो को लागी कुनै शुल्क लाग्ने छैन। बीसीसीआईले मस्यौदा पत्रलाई रक्षा मन्त्रालयमा अनुमोदनका लागि बुझाउनुपर्नेछ। सूर्य किरणको टोली अहमदाबाद एयर शो गर्नेछ । यी सबै तयारी सम्पन्न भैसकेका छन् ।

हाफ टाइम पर्फरमेन्स साँझ ५ः४५ मा १५ मिनेटको लागि हुनेछ । सो समय परेड अफ च्याम्पियन अन्तर्गत पहिलो पटक वर्ल्डकप जित्ने कप्तानलाई सम्मान गरिने छ ।

भारतका चर्चित संगीतकार प्रीतमको प्रत्यक्ष प्रस्तुति हुनेछ । यस अवधिमा रंगशालामा करिब ५ सय नर्तकहरूले पनि प्रस्तुति दिनेछन्। संगीतकार प्रितमले देवा हे देवा, केसरीया, नगडा नगडा लगायतका गीतमा प्रस्तुति दिनेछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org