युवा संघ र दुर्गा प्रसाईं समूहको आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन
काठमाडौँ । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।
युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् । युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ भने प्रसाईंले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ ।
युवा संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी कार्यालय हुँदै बिहान ११ बजे तीनकुनेमा सभा गर्ने तयारी गरेको छ ।यस्तै, प्रसाईँको महाअभियान सानोठिमीस्थित एसओएसबाट पेप्सीकोला–मित्रपार्क–चावहिल हुँदै दिउँसो १ बजे बल्खु पुग्नेछ ।
एकैदिन दुई समूहले प्रदर्शन गर्ने भएपछि उपत्यका प्रहरी कार्यालयले आजका लागि एकीकृत सुरक्षा योजना लागू गरेको छ । परस्पर विरोधी दुई पक्षको प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...