ताजा समाचार

नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण–१७ शुक्रबारदेखि भारतको पिथौरागढमा सुरु हुने भएको छ ।

नेपाली सेनाको टोली उक्त अभ्यासमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । अभ्यासमा नेपाली सेनाको गणस्तरीय टोली सहभागी हुँदै छ ।

२०६७ सालबाट वार्षिक रुपमा नेपाल र भारतले आलोपालो गरी संयुक्त अभ्यास हुँदै आएको छ । अभ्यास सूर्य किरण नाम दिइएको संयुक्त अभ्यासको यो १७ औँ संस्करण हो । यसअघि ०७९ पुस ०१ गतेदेखी १४ सम्म रुपन्देहीको सालझन्डीमा सूर्य किरण अभ्यास को १७ औं संस्करण सञ्चालन गरिएको थियो ।

यसपटक यो अभ्यासको भारतीय सेनाले आयोजना गर्दैछ । नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जना सैनिक टोली सहभागी हुँदै छन् । अभ्यास मंसिर २१ सम्म सञ्चालन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org