ताजा समाचार

डडेल्धुरा पुगेर ‘जय नेपाल’ भन्दै ओलीले गरे देउवालाई फोन

काठमाडाैँ । मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा पुगेका छन्।

बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को उद्घाटन गरेर अघि बढेको अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा पुगेको हो।

नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पुगेपछि ओलीले देउवालाई टेलिफोन सम्पर्क गरेका छन्।

उनले भनेका छन्, ‘मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी ।’ ओलीले आफू देउवाको गाउँ गन्यापुधरा नजिकै रहेको भन्दै फोन गरेका थिए । अमरगढी बजारबाट नजिकै आफू बसेको उनले देउवालाई बताएका थिए । साथै उनीहरूबीच हालखबर सोध्नु भएको थियो । ओली बिहीबार साँझ डडेल्धुरा पुगेका थिए ।

ओलीको सचिवालयले यो गुडविल कल मात्र भएको बताएको छ । यो फोनमा कुनै राजनीतिक कुराकानी भने नभएको बताइएको छ । तर, अहिलेको सत्ता गठबन्ध भत्काउने सुत्र खोजिरहेका ओलीले सत्ता गठबन्धनका मुख्य नेता देउवालाई फोन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमालेले बिहीबार मध्यपहाडी लोकमार्ग यात्रा सुरु गरेको छ । बैतडीको झुलाघाटबाट ओलीले यात्रा उद्घाटन गरेका थिए । यो यात्रा मध्यपहाडी लोकमार्गको जिरो प्वोइन्ट पाँचथरको चिवा भञ्ज्याङ पुगेर सकिनेछ । अभियान १९ दिनसम्म चल्नेछ । आज ओली डडेल्धुरामा छन् । त्यहाँबाट यात्रा आज डोटीको सिलगढी पुग्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org