ताजा समाचार

धरान पुगेका बालेनले भने- धरानमा यलम्बर र काठमाडौंमा आकाश भैरव मानिन्छ

धरान । धरान उत्सवको उद्घाटनमा धरान पुगेका काठमाडौं महानगरका मेयर बालेन शाहले धरान धेरै कुरमा अनुकरणीय भएकाृे बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि भएको बताए ।

धरान डे को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताए । ‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरुले सरकारको बजेटविना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’

उनले उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौंमा आकाश भैरवलाई ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org