ताजा समाचार

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार

काठमाडाैँ । बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको हो।

जसमा बागमतीमा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एकीकृत समाजवादीले २ सिट मात्र पाएको हो।
जम्मा १९ सिटमध्ये नेपाली कांग्रेसलाई १०, नेकपा माओवादी केन्द्रलाई ६, एकीकृत समाजावादीलाई २ र जसपालाई एउटा सिट छुट्याइएको छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। तीमध्ये १९ जना चुन्न आगामी माघ ११ गते निर्वाचन गर्न लागिएको हो। एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org