ताजा समाचार

बीपीका उपकुलपतिलाई अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं। बीपी प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीमाथि कालो मोसो दल्ने प्रयास भएकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै उपकुलपति कार्कीमाथि भएको दुर्व्‍यवहार अमर्यादित भएको भन्‍दै आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,’ नेपाल चिकित्सक संघका आजीवन सदस्य वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीज्युसँग समय लिई करिव ११:३० बजेको समयमा ३ जनाको समुहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । ’ साथै संघले दोषीहरुलाई अविलम्ब छानबिन गरी कारबाही गर्नसमेत माग गरेको छ ।

मंगलबार मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनमा आबद्ध तीनजनाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दल्ने प्रयास गरेर अभद्र व्यवहार गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org