ताजा समाचार

प्रचण्डले १५ वर्षअघि नै भनेका थिए– दरबार हत्याकाण्डको छानविन हुन्छ !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको छानविन गरिने बताएका छन् । तर, दाहालले यस्तो कुरा १५ वर्ष पहिले पनि बताएका थिए ।

पहिलो कार्यकालमा प्रधानमन्त्री बनेका बेला दाहालले ०६५ साल फागुन १५ गते एक कार्यक्रममा दरबार हत्याकाण्डबारे छानविन गरिने बताएका थिए ।

तत्कालीन प्रधानमन्त्रीको भनाइ उधृत गर्दै आजभन्दा १५ वर्ष पहिलेको गोरखापत्रमा छापिएको थियो,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंश नाश गर्ने गरी भएको दरबार हत्याकाण्डको पुनः छानविन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’

प्रचण्डले यसो भनेको १५ वर्षपछि ०८० माघ १६ गतेको गोरखापत्रमा वीरगञ्ज डेटलाइनबाट लेखिएको छ ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डको १५ वर्षअघिको कुरो कोट्याउँदै बरिष्ठ पत्रकार तीर्थ कोइराला भन्छन्, ‘२०६५ साल फागुनमा छानबिन हुने, २०८० माघमा पनि छानबिन हुने । बोल्ने उहाँ नै, समाचार छाप्ने पत्रिका उही, पत्याउने हामी पनि उही !’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org