ताजा समाचार

काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको आयोजनामा वसन्त चाड मनाइयो

ललितपुर । काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले  वसन्त चाड मनाएको छ । ललितपुर जिल्लाको गोदावरी भिलेज रिर्सोटमा शिक्षक,विद्यार्थी तथा सरोकारवालाको उपस्थितिमा विहीबार वसन्त चाड मनाएको हो ।

औपचारिक कार्यक्रमको सूरुवातमा काठमाडौँ विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रोफेसर डा. ली शुआङचेङ (सीआईकेयू चिनिया निर्देशक) ले स्वागत भाषण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीहरुले आफ्नो प्रतिभा गायन, नृत्य तथा कला प्रस्तुत गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा विद्यार्थीहरुले चाइनिज मार्सल आर्ट्स शाओलिन कुङ फु, आइ लभ एन्ड एफेक्शन डान्स प्रस्तुत गरे । यसैगरी लन्चपछिको सत्रमा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए । अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले ट्याग अफ वार, चपस्टिक युजिङ प्रतियोगिता, वाटर कलेक्सन, क्रस रिभर विथ द व्रिक्स, टेबुल टेनिस विथ नो बल, जियानाजी प्रतियोगिता, बिल्ड विल्डिङ, स्किपिङ, क्याटरपिल्लर वाक प्रस्तुत गरेका थिए ।

वसन्त चाडले नवीकरण, आशा र समृद्ध समाचार वर्षको सुरुवातको समयलाई संकेत गर्ने कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रोफेसर डा. ली शुआङचेङले  जानकारी दिनु भयो । साथी र परिवारसँग विशेष अवसर वसन्त चाड साझेदारी गर्दा मौसमको न्यानोपन र आनन्द थपिन्छ। यस वसन्त महोत्सवमा परम्परागत वसन्त सजावट, सांस्कृतिक प्रदर्शन र विभिन्न प्रकारका गतिविधिहरू समावेश हुन्छन्। सन् २०१६ देखि काठमाडौं युनिभर्सिटी केयूमा चिनिया भाषाको पठनपाठन भरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org