ताजा समाचार

एमाले नेता वसन्त नेम्वाङको स्वास्थ्य क्रमिकरुपमा सुधार हुँदै

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनकी श्रीमती भूमिका सुब्बाले सामाजिक सन्जालमार्फत् नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएकी हुन् ।

पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेम्वाङ ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन गएको बेला यही माघ १७ गते ‘ब्रेन स्ट्रोक’ भएको थियो । सोही दिन उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । अहिले उनको उपचार त्यहीँ भइरहेको छ ।

उनकी श्रीमती भूमिकाले सामाजिक सन्जाल फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आइरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुइन । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ भन्ने कुरा यसै मार्फत जानकारी पनि गराउन चाहन्छु ।’

साथै डाक्टरको सल्लाह अनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारका केही सदस्य बाहेकलाई भेटघाट नगराउनू भन्ने निर्देशन आएकाले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने उनले उल्लेख गरेकी छन् ।

भूमिकाले सामाजिक सन्जाल फेसबुकमा वसन्त नेम्वाङको स्वास्थ्य अवस्थाबारे लेखेको कुरा जस्ताको तस्तै :

‘मेरो श्रीमान वसन्तकुमार नेम्बाङ (पाँचथर जिल्ला प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री) को मिति २०८०/१०/१७ गते नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ पुगेको केही समयमा ब्रेन स्ट्रोक भई हेलिकप्टरमार्फत त्यसै दिन ल्याउन सफल भई ललितपुरको नेपाल मेडीसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ स्थिति बारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आईरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुइन । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ यसैमार्फत जानकारी गराउन चाहन्छु साथै डाक्टरको सल्लाहअनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारको केही सदस्य बाहेकलाई भेटघाट नगराउनु भन्ने निर्देशन आएकोले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने व्यहोरा अवगत गराउन चाहान्छु। उहाँको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुहुने, आशिर्वाद दिनुहुने आफन्तजन, पार्टी नेताहरू, इस्टमित्र,शुभेच्छुक, गुरूहरू र साथीभाइ सम्पूर्णलगायतमा हृदयदेखि आभार व्यक्त गर्दछु🙏।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org