ताजा समाचार

आज प्रतिनिधिसभा बैठक: सम्पत्ति शुद्धीकरणलगायत विषयमा छलफल

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशव कुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।यस्तै बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org