ताजा समाचार

भाइ अरुण छुटेलगत्तै विनोद चौधरी दिल्ली उड्दै

काठमाडाैँ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा कान्छा भाइ अरुण चौधरी रिहा भएलगत्तै कांग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी दिल्ली जान लागेका छन् ।

उनी छोरा राहुललाई लिएर अहिले साँझ ५ बजे इण्डिगो एयरको जहाजबाट दिल्ली उड्न लागेको बुझिएको छ । तीन दाजुभाइ सगोलमा हुँदा १० रोपनी सरकारी जग्गा चौधरीहरुको स्वामित्वमा ल्याएको यस प्रकरणमा विनोदलाई समेत प्रहरीले बयानमा बोलाउन लागेको चर्चा थियो ।

आजै जिल्ला अदालत काठमाडौँको आदेशले अरुण हिरासतमुक्त हुनु र लगत्तै विनोदले देश छोड्नुलाई संयोग मात्र मान्न सकिंदैन । भाइ छुटेपछि ढुक्क भएका उनी आफू बयानमा जान नपरोस् भनेर दिल्ली उड्न लागेको पारिवारिक स्रोतबाट बुझिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org